मञ्जुश्री फाइनान्सले नगद लाभांश दिने



काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु