बीवाईडीले गर्‍यो ६० लाख विद्युतीय गाडीको उत्पादन



काठमाडौं । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता, बीवाईडीले आफ्ना ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ । यस रेकर्डले विद्युतीय सवारी उद्योगको विकासमा बीवाईडीको प्रतिबद्धताको निरन्तरता देखाउने कम्पनीले उल्लेख गरेको छ ।

बीवाईडीले न्यू इनर्जी भेहिकलको उत्पादन तीन महिनामै ५० लाख देखि ६० लाख पुर्याउँदै, द्रुत गतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको हो ।

बीएओ ५ जुन बीवाईडीको फांगचेंगबाओ उप-ब्राण्ड अन्तर्गतको एसयूभी हो, यसको ६० लाख उत्पादन उपलब्धिको खुसि कर्मचारीहरुले एकआपसमा बाँडेका थिए ।

बीवाईडीको विविध ब्राड मैट्रिक्सहरूमा डाइनेस्टी र ओसन सिरिज,फांगचेंगबाओ, डेन्जा र याङवाङ जस्ता विभिन्न ब्राण्डहरू बजारमा उपलब्ध छन् ।

अक्टोबरमा मात्रै बीवाईडीले ३ लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै, मासिक बिक्रि रेकर्ड बनाएको थियो । कम्पनीले प्रबिधिमा अग्रणी स्थान लिँदै बीवाईडीले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको छ जसले उपभोक्तहरूको विविध आवश्यकताहरूलाई पूरा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ।

२०१० बाटै बीवाईडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनहरुको विद्युतीयकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ ।

बीवाईडीको विद्युतीय सार्वजनिक परिवहनका साधनहरू अब ७० भन्दा बढी देशको ४०० भन्दा बढी शहरहरूमा संचालनमा छन् ।

विश्वमा पहिचान बढाउँदै, न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बीवाईडीले आफ्नो पहुँच बढाएको छ। हाल, बीवाईडीले ५८ देश र तिनका विभिन्न क्षेत्रमा प्रवेश गरि, जम्माजम्मी २ लाखभन्दा बढी गाडीहरु बिक्री गरिसकेको छ। न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशरुमा महत्त्वपूर्ण जीत पनि हासिल गरिसकेको छ।

बीवाईडीले, ब्लेड बैटरी, डीएम-आइ सुपर हाइब्रिड सिस्टम, इ-प्लेटफर्म ३.० सेल टु बडी टेक्नोलजी, ई४ प्लेटफर्म, बीवाइडी डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, र ड्युअल मोड अफ-रोड (डीएमओ) सुपर हाइब्रिड सिस्टम, जस्ता नवीन र पर्यावरणमैत्री प्रविधिको विकासमा अग्रणी स्थान हासिल गरेको छ ।

भविष्यमा पनि, बीवाईडी, आफ्नो नवीन विकासमा कटिबद्ध रही, विश्वभरका थप ग्राहकहरूलाई उत्तम सवारीको अनुभव प्रदान गर्दै, पृथ्वीलाई १° सेल्सियसको दरले शीतल गर्नमा प्रतिबद्ध रहिरहने छ ।


क्लिकमान्डु