ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ: सुनिल केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औं वार्षिक साधारणसभा तथा अवार्ड वितरण समारोहमा अध्यक्ष केसीले ब्याजदर अझै घट्ने पनि बताए ।

‘अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा छ,’ उनले भने, ‘ब्याजदर अझै घट्दै जान्छ ।’ अहिले बैंकमा तरलता बढेको छ ।

तरलता ५ खर्बभन्दा बढी भएपछि नेपाल राष्ट्र बैंकले एक साताको अवधिमा ३५ अर्ब निक्षेप उठाइसकेको छ । बैंकहरुले ०.९९ प्रतिशतसम्म ब्याजदरमा राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा लगानी गरेका छन् ।

खराब कर्जा बढ्दो दरमा रहेकाले बैंकहरुले त्यसमा ध्यान दिन आवश्यक रहेको उनले बताए । सडकबाट बैंकविरुद्ध हुने आन्दोलनका कारण सचेत हुनु जरुरी रहेको अध्यक्ष केसीको भनाइ छ ।

बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको तथ्य उनले पेस गरे । देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले कन्ट्री रेटिङ गर्न र हेजिङलाई सहज बनाउन सरकारसँग आग्रह गरे ।


क्लिकमान्डु