कालोसूचीमा परे १४ निर्माण कम्पनी



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयकाअनुसार १४ निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको हो ।

विभिन्न सार्वजनिक निकायबाट लेखिएअनुसार बिहीबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी वा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले स्पष्ट गरेको छ ।


क्लिकमान्डु