बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियर ८० हजार घुस रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राईलाई ८० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियार केन्द्रीय कार्यालयको टोलीले राईलाई रकमसहित नियन्त्रणमा लिएको हो ।
बिहीबार नियन्त्रणमा लिइएका राईमाथि थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।