प्राधिकरणले खारेज गर्‍यो हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र (लाइसेन्स) खारेज गरेको छ ।

प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै गोरखाको हरामटारीस्थित हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरिएको जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार अनुमति पत्र नम्बर फि.ज. १-१२८ नवीकरण गर्न नचाहेकाले अनुमतिपत्र खारेज गरिएको छ । कम्पनीनको लाइसेन्स दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम खारेज भएको जानकारी प्राधिकरणले दिएको छ ।

प्राधिकरणले उक्त कम्पनीलाई नियमानुसार तिर्न वा बुझाउनपर्ने रकम सम्बन्धमा आगामी ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नसमेत सूचित गरेको छ ।


क्लिकमान्डु