फर्स्ट माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश दिने प्रस्ताव गरेको छ ।

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ७.५ प्रतिशत र कर प्रयोजनका लागि ७.५ कर सहित नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु