सुनचाँदीको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार १६ सय रुपैयाँले बढेर नयाँ मूल्यले नयाँ इतिहास कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोता सुनको मूल्य १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु