एशियन पेन्ट्सले भूकम्पप्रभावितलाई गर्‍यो ५० लाख सहयोग



काठमाडौं । एसियन पेन्ट्स नेपालले जाजरकोट भूकम्पप्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित भएकाहरुलाई राहत रकम उपलब्ध गराएको हो ।

राहत रकम कम्पनीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । सहयोग रकमबराबरको चेक एशियन पेन्ट्सका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम र आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो ।


क्लिकमान्डु