जीवन बीमा कम्पनीहरुको कोषमा जम्मा भयो ६ खर्ब, कुन कम्पनी कति बलियो ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ६ खर्बभन्दा बढी रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८०/८१ को असोजसम्ममा १४ कम्पनीले ६ खर्ब  ६ अर्ब रुपैयाँबराबर रकम कोषमा जम्मा गरेका हुन् ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार सबैभन्दा धेरै रकम कोषमा जम्मा गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ । यो कम्पनीले १ खर्ब ७५ अर्ब रुपैयाँ बीमा कोषमा राखेको छ ।

बीमा कम्पनीको क्षमता आंकलन गर्ने माध्यमको रुपमा बीमा कोषलाई लिने गरिन्छ । बीमा कोषको रकम जति धेरै भयो, त्यति धेरै कम्पनी बलियो छ भन्ने बुझिन्छ ।

१४ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बलियो कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि आउँदा बीमा कोषका आधारमा कमजोर कम्पनीको रुपमा भने सन् नेपाल लाइफ इन्स्योरेन्स छ । यो कम्पनीले बीमा कोषमा ६ अर्ब रुपैयाँ राखेको छ ।

यसबाहेक लाइफ इन्स्योरेन्स कम्पनी धेरै रकम जम्मा गर्नेमा दोस्रोमा छ । यो कम्पनीले १ खर्ब १० अर्ब रुपैयाँ रकम कोषमा जम्मा गर्दा नेसनल लाइफ इन्स्योरेन्सले ६८ अर्ब र हिमालयन लाइफले ५५ अर्ब रुपैयाँ जम्मा गरेको छ ।

यस्तै प्रकाशित वित्तीय विवरणअनुसार राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा कोषमा ५१ अर्ब, एसियन लाइफको ३९ अर्ब, सूर्यज्योति लाइफको २९ अर्ब र मेट लाइफको २४ अर्ब रुपैयाँ छ भने सानिमा रिलायन्स र सिटिजन्स लाइफको ११-११ अर्ब रुपैयाँ छ । रिलायबल नेपाल इन्स्योरेन्सको ८ अर्ब छ भने प्रभु महालक्ष्मी र आइएमई लाइफ इन्स्योरेन्सको ७-७ अर्ब रुपैयाँ कोषमा छ ।

जति बलियो बीमा कोष उति बढी प्रतिफल दिन सक्ने क्षमता हुने भएकै कारण पनि बीमाकोषको रकमले कम्पनीको क्षमता मूल्यांकन गर्ने गर्छ । यसै आधारमा बीमा कम्पनी कति बलियो छन् भन्ने आकलन गर्न सकिन्छ ।


क्लिकमान्डु