नाडाको साधारणसभा पुस २० र २१ मा हुने, नयाँ नेतृत्व चयन गर्ने



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले पुस २० र २१ गते बार्षिक साधारणसभा गर्ने भएको छ । सोमबार बसेको नाडाको बैठकले. पुस २० र २१ गते सभा गर्ने निर्णय गरेको छ ।

सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । आगामी कार्यकालका लागि अध्यक्षमा कसले उम्मेद्वारी दिने भन्ने तय भइसकेको छैन । यद्यपी अध्यक्षका लागि आकाश गोल्छा र करण चौधरीको नाम चर्चामा रहेको छ । नाडाको निर्वाचनमा करिब ३२ सय जनाले मतदान गर्ने जनाइएको छ ।

निर्वाचनबाट अध्यक्षसहित १७ जनाको कार्यसमिति चयन हुनेछ । जसमा ७ जना प्रदेश अध्यक्ष निर्वाचनबाट चयन हुनेछन् ।


क्लिकमान्डु