चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको ओभरसुट, स्याल धपाएपछि अवतरण नर्मल



काठमाडौं । स्यालबाट जोगिन बुद्ध एयरले झापाको चन्द्रगढी विमानस्थलमा ओपरसुट गरेको (अवतरण गर्ने लागेको जहाज फेरि आकासमा उडेको) छ । धावनमार्गमा स्याल देखिएपछि क्याप्टेनले संभावित दुर्घटनाबाट जोगिन ओभरसुट गरेको बुद्ध एयरले जानकारी दिएको छ ।

सोमाबार साँझ ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको एटीआर ७२ नामक जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो । विमानस्थलका कर्मचारीले स्याल धपाएपछि जहाजले एकफन्को लगाएर पुनः अवतरण गरेको छ ।

बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार चिसोका कारण स्याल धावनमार्गमै आइपुगेको रहेछ । जहाजले त्यो अवस्थामा ओभरसुट गर्नु सामान्य प्रक्रिया हो । उक्त जहाजले अवतरणसमेत गरिसकेको हुँदा ओभरसुट आफैंमा सामान्य विषय भएको पनि उनले बताए ।


क्लिकमान्डु