नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ निष्कासन, ५० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी सर्वसाधारणका लागि आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ भने सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर निष्कासन गरिसकेको छ ।

आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर बाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।


क्लिकमान्डु