सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधि मार्फत निष्कासन गरेको सेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन



काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरेको सेयरमा संस्थापक लगानीकर्ताले बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो ।

संस्थागत लगानीकर्ताले आज कार्यालय समयसम्म बोलकबोल पेश गर्न सक्नेछन् । कम्पनीले मंसिर ६ गतेदेखि आईपीओको बोलकबोल खुला गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिएको छ ।

सर्वोत्तमले ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गरेको छ । जसमा पहिलो चरणमा संस्थागत लगानीकर्ताले बोलकबोल विधि मार्फत २४ लाख कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । त्यसका लागि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसाँ रहेको छ ।

संस्थागत लगानीकर्ताले त्यही सीमाभित्र रहेर बोलकबोलका लागि बोलपत्र पेश गर्नेछन् । भोली सोमबार संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने छ ।

कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

दोस्रो रचणमा सर्वसाधारणलाई उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर सेयर जारी हुनेछ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु