घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर निष्कासन



काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरेको छ । कात्तिक २ गतेसम्म कायम रहेको सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

मुक्तिनाथ क्यापिटल, घलेम्दी हाइड्रोपावरका साथै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिनेछ । यस्तै सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु