मुख्यमन्त्री कार्कीद्वारा कोशी प्रदेशसभामा बजेट प्रतिस्थापन विधेयक पेश



विराटनगर । कोशी प्रदेशको प्रदेश सभामा शनिबार बजेट प्रतिस्थापन विद्येयक पेश भएको छ ।

कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीले आर्थिक वर्ष २०८०/८१ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशभा बैठकमा पेश गरेका हुन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्की अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।

कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेश गरेका हुन् ।

प्रतिस्थापन विधेयक पेश गर्दै मुख्यमन्त्री कार्कीले बजेटलाई पूर्णरुपमा चलाउन नमिलेपनि जनतासम्म पुग्नेगरी केही प्रयास गरेको बताए । सबै सांसदको क्षेत्रमा पुग्नेगरी विधेयकमा पेश गरेको बताए । उनले भने, ‘५६ वटै क्षेत्रका जनतालाई अन्याय नहुनेगरि बजेट केही चलाएका छौं ।’


क्लिकमान्डु