सिम्बुवा खोला जलविद्युत आयोजनाको लागत ३ अर्बले बढ्यो



सांकेतिक तस्बिर

काठमाडौं । सिम्बुवा खोला जलविद्युत आयोजनाको लागत ३ अर्बले बढेको छ । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले वन मन्त्रालयमा पेश गरेको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार अघिल्लो अनुमान गरेको तुलनामा ३ अर्ब ८ करोड रुपैयाँले लागत बढेको छ ।

कम्पनीले यसअघि आयोजनाको कूल लागत १३ अर्ब ४४ करोड लाग्ने अनुमान गरेको थियो । अहिले ३ अर्ब बढेर आयोजनामा १६ अर्ब ५२ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

फक्ताङलुङ गाउँपालिका वडा नम्बर ५ बाट कम्पनीले ७०.३ मेगावाट विजुली उतपादन गर्ने जनाएको छ । उक्त आयोजनाबाट सुख्खा मौसममा वार्षिक औसत १२५.४१ गिगावाट र वर्षात मौसममा वार्षिक औसत २७६.२७ गिगावाट उर्जा उत्पादन गर्नेछ । जसमा आयोजनाले वार्षिक औसत ४०१.६८ गिगावाट विजुली उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसअघिको अध्ययन प्रतिवेदनअनुसार आयोजनाबाट वार्षिक ३७८.९६ गिगावाट विजुली उत्पादन गर्ने जनाएको थियो । जसमा सुख्खा मौसममा वार्षिक औसत १२०.७४२ गिगावाट र वर्षात मौसममा वार्षिक २६८.२१ गिगावाट उत्पादन गर्ने गरी प्रतिवेदन तयार गरेको थियो ।

प्रतिवेदनअनुसार आयोजनामा २२० किलोको भोल्ट हुनेछ । त्यस्तै, कम्पनीले अहिले सबस्टेशनको स्थान पनि परिवर्तन गरेको छ । यसअघिको प्रतिवेदनमा विद्युतगृह देखि ढुङ्गेसाँघु सबस्टेशन हुने उल्लेख थियो । अहिले उक्त सबस्टेशन घुन्सा पुलिङ हुने भएको छ । आयोजनाका लागि २०.९०८ हेक्टर स्थायी र ४.५९८ हेक्टर अस्थायी जग्गाको आवश्यकता पर्नेछ ।


क्लिकमान्डु