धेरै कर तिर्ने करदातालाई सिंहदरबार प्रवेश पासको व्यवस्था



काठमाडौं । सरकारले धेरै कर तिर्ने करदातालाई सिंहदरबार प्रवेशको पास उपलब्ध गराउने भएको छ ।

बिहीबार राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन कार्यक्रममा सबैभन्दा बढी आन्तरिक राजस्व र मूल्यअभिवृद्धि कर तिर्ने संस्था सूर्य नेपालका रवि केसीले ठूला कर दाताले सिंहदरबार प्रवेश गर्न नपाउने गरेको गुनासो गर्दै सिंहदरबार प्रवेश गर्ने पासको ब्यवस्था गर्न आग्रह गरेका थिए ।

त्यसपछि अर्थसचिव कृष्णहरि पुष्कर कर्णले आजैबाट धेरै कर तिर्ने कर दातालाई सिंहदरबार प्रवेश गर्ने पास दिन आन्तरिक राजस्व विभागलाई निर्देशन दिए ।

विभागले आयोजना गरेको कार्यक्रममा धेरै कर दाखिला गर्ने १६ करदाता सम्मानित भएका छन् ।

यी हुन् धेरै कर तिर्ने १६ करदाता

सबैभन्दा बढी आयकर: नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)

निर्यात कारोबार: डाबर नेपाल प्रालि

विषेश उद्योग: एसियन पेन्ट्स

कृषि एवम् पशुजन्य: ओसीबी फुड्स एन्ड फिड्स प्राली

सहकारी तथा लघुवित्त: छिमेक लघुवित्त

बैंक तथा वित्तीय संस्था: ग्लोबल आईएमई

बीमा: लाइफ इन्स्योरेन्स कर्पोरेसन

स्वास्थ तथा शिक्षा: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

पर्यटन: मनोकामना दर्शन प्रालि

वस्तु व्यापार: भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता: नेपाल स्टक एक्सचेन्ज

ऊर्जा: भोटेकोसी पावर कम्पनी

रेमिटेन्स: आईएमई लिमिटेड

व्यक्तिगत आयकर: विजयकुमार शाह

आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रा लि


क्लिकमान्डु