आज काठमाडौंका यी रुटमा सवारी अस्तव्यस्त हुने, अत्यावश्यक भएमात्र साधन निकाल्न आग्रह



काठमाडौं । आज संघीय राजधानी काठमाडौंमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्दैछ ।

प्रसाईं नेतृत्वमा आजबाट तीन दिन कार्यक्रम गर्नका लागि देशका विभिन्न भागबाट मानिसहरुलाई काठमाडौं ल्याइएको छ । अभियानको कार्यक्रम बल्खुमा राखिएको छ ।

त्यस्तै युवा संघ र विद्यार्थी संगठनले काठमाडौंको तीनकुनेमा कार्यक्रमको आयोजना गरेको छ । सुरुमा दुवै पक्षले एकै ठाउँ माइतीघर मण्डलमा कार्यक्रम राखेपछि जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र तोकेको थियो । त्यसपछि युवा संघले कार्यक्रम तीनकुनेमा सारेको हो ।

उक्त कार्यक्रमका लागि पनि उपत्यका आसपासका जिल्लाबाट समेत नेता कार्यकर्ताहरु आउने भएपछि आज काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त हुने छ ।

अभियानले आजका लागि भन्दै मुख्य ७ वटा नाकामा भेला भइ कार्यक्रम स्थल बल्खु पुग्ने रुट सार्वजनिक गरेको छ । विहान सवा १० बजे ति रुटबाट बल्खुका लागि प्रस्थान गर्ने समय तोकिएको छ ।

दुई पक्षको कार्यक्रमका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन बिहान १० बजेअघि नै अस्तव्यस्त हुने देखिएको छ ।

ट्राफिक प्रहरीले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकको काममा सवारी साधन ननिकाल्न आग्रह गरिसकेको छ । रिङरोडको दुई मुख्य नाका केन्द्रित प्रदर्शनका कारण दिनभर यातायात प्रभावित हुने देखिएको छ । प्रसाईं नेतृत्वको अभियानले तोकेको मुख्य ७ स्थान र रुटहरुका कारण यी क्षेत्रको यातायाता प्रभावित हुने सम्भावना रहेको छ ।

यस्तो छ रुट


क्लिकमान्डु