आइजीपीले पनि सुनिरहनुभएको होला म जेल पर्नै काठमाडौं आएको हुँ: दुर्गा प्रसाईं
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलिको प्रदर्शनका लागि लाखौं मानिस काठमाडौं आइसकेको दाबी गरेका छन् ।
प्रसाईं नेतृत्वको अभियानले भोलि बल्खुमा कार्यक्रम गर्नका लागि अनुमति पाएको छ । प्रदर्शनमा सहभागी हुन अझै मानिसहरु आउनेक्रम जारी रहेको बताए ।
प्रसाईंले आफू जेल पर्न र मर्नकै लागि कफन बाँधेर काठमाडौं आएको बताए ।
‘म मर्नकै लागि आएको हुँ । आइजीपीले पनि सुनिरहनुभएको होला म जेल पर्नै आएको हुँ’ आफ्नै निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भने ।
उनले यो अभियानपछि नेतामात्र नभएर मिसन चलाइरहेका मिडियाको पनि अन्त्य हुने बताए । त्यस्ता मिडियालाई युट्युबले समाप्त पारिदिने उनको चेतावनी थियो ।