सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १४ सय ५५ रुपैयाँ नै कायम भएको छ ।


क्लिकमान्डु