पूर्वमन्त्री थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकर्पण



काठमाडौं । पूर्वमन्त्री एवं पूर्वराजदुत डा. भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकर्पण भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक लोकर्पण गरिएको हो । पुस्तक लोकार्पण समारोहमा बोल्दै लेखक थापाले परिवार र सद्भाव राख्ने मित्रहरुको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताए ।

पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरुमा काम गर्दाको अनुभव रहेको उनले जनाकारी दिए ।

पुस्तकमा व्यक्तिगत धारणा नभइ आफ्नो व्यवसायिक जीवनको दौरानमा राष्ट्रको लागि महत्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको उनको भनाइ छ । पुस्तकले आफूहरुको पुस्ताले गरेको प्रयासले नेपालको भविष्य निर्माणको लागि आधार सिर्जना गर्ने उनको विश्वास छ ।

पूर्वमन्त्री थापाको पुस्तक लोकार्पण समारोहमासांसद डा. स्वर्णिम वाग्ले र सुमना श्रेष्ठले पुस्तकले नेपालको भविष्य निर्माणको लागि नयाँ आयाम थप्ने बताए ।


क्लिकमान्डु