टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धका रिट न्यायाधीश शर्माको इजलासमा



काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमाथि आज सुनुवाइ हुँदैछ ।
मंगलबार ति रिटहरु सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका हुन् ।

सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलास रिट परे पनि सुनुवाइ हुन नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए ।

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटकमाथि प्रतिबन्ध लागेसँगै १० भन्दा बढी रिट दर्ता भएका थिए ।


क्लिकमान्डु