नेशनल हाइड्रोपावरले सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले मंसिर २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा लाभांश दिने प्रस्ताव छैन ।
सभामा गत आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने, अध्यक्षको बार्षिक प्रतिवेदनमा छलफल हुने, आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।
सभा लागि कम्पनीले मंसिर ७ गते बुक क्लोज गर्ने भएको छ । मंसिर ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।