भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँट, ५ जना बने भाग्यमानी



काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।

आईपीओमा आवेदन दिएकामध्ये २ लाख ७ हजार ५२८ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् ।

आईपीओमा ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएकामा ४ हजार ६०२ जनाको आवेदन रद्द भएको छ । ११ लाख ५६ हजार ९२७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

कम्पनीले कात्तिक १६ देखि २० गतेसम्म सर्वसाधारणका लागि २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले आईपीओको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट, भिजन लुम्बिनी उर्जाको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु