रसुवागढी नाकामा करिब १३ तोला सुनसहित ३ जना पक्राउ



रसुवा । गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँको १२ तोला ९१ लाल तौलको सुन सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका–५ चिलिमे बस्ने १६ वर्षीया किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् ।

सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ५ थान बेरूवा औंठीको रूपमा ल्याएको सुनसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु