भारत र अष्ट्रेलियाबीचको फाइनलमा ओटीटीमै झण्डै ६ करोड भ्युअर्स



एजेन्सी । आइतबार भएको एक दिवसीय क्रिकेट विश्वकपको फाइनल खेललाई ओटीटी (ओभर द टप) प्लेटफर्ममा हेर्ने दर्शकको संख्याले विगतको रेकर्डलाई तोडेको छ ।

विश्वकप क्रिकेटलाई प्रसारण गरेको ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा उक्त खेल झण्डै ६ करोड मानिसले हेरेका छन् । लाईभ खेललाई ५ करोड ९० लाख मानिसहरुले हेरेका हुन् ।

खेल सुरु भएसँगै लगातार भ्युअर्सको संख्या बढेको थियो । एक समयमा खेल हेर्ने हो संख्या झण्डै ६ करोड पुगेको थियो । तर, जब खेल अष्ट्रेलियाको पक्षमा जान थाल्यो तब भने भ्युअर्सको संख्यामा गिरावट भएको थियो ।

यसअघि विश्वकप क्रिकेटमा सबैभन्दा धेरै भ्युअर्स भएको खेल भारत र न्युजिल्याण्डको थियो । १५ नोमेम्बरमा भएको उक्त खेलमा ओटीटीमा करि ५ करोड ३० लाख भ्युअर्सले खेल हेरेका थिए ।

आइतबार सम्पन्न फाइन खेलमा रंगशालामा १ लाख ३० हजार बढी दर्शक पुगेका थिए । खेल ६ विकटले अस्ट्रेलियाले जितेको थियो ।


क्लिकमान्डु