विद्युत बिक्रीबाट हुने आय बढेसँगै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नाफा बढ्यो



काठमाडौं । विद्युत बिक्रीबाट हुने आय बढेसँगै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको नाफा बढेको छ ।

गत आवको पहिलो त्रैमासमा कम्पनीको नाफा ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ रहेको थियो । अहिले २६ प्रतिशतले बढेर १ अर्ब ७२ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै आयोजनाले गत आवको पहिलो त्रैमासमा विद्युत बिक्री गरेर ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेकामा चालु आवको सोही अवधिमा बिद्युत बिक्रीबाट हुने आय बढेर ३ अर्ब ७१ करोड ५८ लाख ४७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ४ लाख ६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीले प्रशासनिक र आयोजनामा गर्ने खर्च पनि घटाउँदै गएको छ । गत आवको पहिलो त्रैमासमा ११ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेकोमा अहिले घटेर ८ करोड २७ लाख ४० हजार रुपैयाँ रहेको छ ।

१५ अर्ब ९९ करोड ९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ६ अर्ब २४ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीले पछिल्लो समय आफ्नो दीर्घकालिन कर्जा पनि घटाउँदै गएको छ । गत आवको पहिलो त्रैमासमा ७३ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ रहेको दीर्घकालिन कर्जा अहिले ७३ अर्ब १ करोड ३८ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ ९७ पैसा रहेको छ ।


क्लिकमान्डु