बाँकेमा प्रहरीले किन चलायो गोली ?



काठमाडौं । प्रहरीले गोली हानेर बाँकेमा एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कोहलपुरका ३० वर्षीय आकाश रानालाई शुक्रबार गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको खुट्टामा गोली लागेको छ । राना आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

दुई दिनअघि रानाले बाँकेका मीनबहादुर विकमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारपछि फरार रानाको खोजीमा खटिएको प्रहरी टोली देखेपश्चात् उनी भाग्ने कोसिसमा थिए । त्यसपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु