टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले कात्तिक २७ गतको मन्त्रिपरिषद बैठकले गरेको नेपालमा टिकटक बन्द गर्ने निर्णय बदर गराइँ पाउभन्दै रिट दायर गरेका हुन् ।

‘नेपाल सरकारद्वारा टिकटकलाई प्रतिबन्धित गर्ने निर्णय बदर गरि पाउ भनि मैले सर्वोच्च अदालतमा दर्ताका लागि रिट पस गरेको छु’त्रिपाठीले भनेका छन् ।

सरकारले टिकटक बन्द गरेपछि मानिसहरुले यसको पक्ष र विपक्षमा धारणा राखिराखेका छन् । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले भने समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक प्रतिवन्ध गरेको स्पष्टिकरण दिएका थिए । तर अझै पनि टिकटकमाथिको प्रतिवन्धबारे आम सर्वसाधारण भने सरकारसँग रुष्ट छन् ।

नेपालमा टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयपछि टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ ।

नेपाल सरकारको निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले आफ्ना असहतिहरु व्यक्त गर्दै सात बुँदे पत्र नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको हो ।


क्लिकमान्डु