एकै दिन सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको छ ।

गत कात्तिक २७ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो । तिहारपछि शुक्रबार बजार खुल्ला हुँदा सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले बढेको छ । गत कात्तिक २७ गते चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा शुक्रबार १४ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु