लोक सेवाले माग्यो २५७ कर्मचारी, कहिलेसम्म पाइन्छ फर्म भर्न ?



काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको छ ।

आयोगले शुक्रबार सूचना प्रकाशन गर्दै राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।

आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो।

उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिन आयोगले आह्वान गरेको छ।

दरखास्त शुल्क १ हजार २ सय र एकै समूह/उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ ।


क्लिकमान्डु