युक्रेन आक्रमणको विरुद्धमा बोल्ने रुसी कलाकारलाई ७ वर्षको जेल सजाय



एजेन्सी । युक्रेन आक्रमणको विरुद्धमा बोल्ने रुसी कलाकारलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।

युक्रेन आक्रमणको आलोचना गर्दै सेनाबारे गलत सूचना फैलाएको आरोपमा कलाकार अलेक्जान्ड्रा स्कोचिलेन्कोलाई रुसी न्यायालयले बिहीबार सात वर्षको जेल सजाय सुनाएको हो । अदालतको फैसलालाई कलाकार स्कोचिलेन्कोका समर्थकले लज्जास्पद भनेका छन् ।

न्यायाधीश ओक्साना डेमियासेवाले फैसला सुनाएपछि अदालतपरिसरमा रहेका उनका समर्थकले ‘लज्जापूर्ण’ र ‘हामी तपाईंप्रति सहानुभूति राख्छौं’ भनेर नारा  लगाएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।


क्लिकमान्डु