भूकम्पपीडितलाई युरोपेली युनियनको २८ करोड ८० लाख सहयोग



काठमाडौँ । युरोपेली संघ (ईयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले  मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

आवास, शुद्ध पेय जल, सरसफाइमा पहुँच सुनिश्चित तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई उक्त रकम प्रदान गर्ने निर्णय भएको युरोपेली संघको प्रतिनिधि मण्डलले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो ।


क्लिकमान्डु