२४ घण्टाभित्र टिकटक बन्दको निर्णय कार्यान्वयन हुन्छ -दूरसञ्चार प्राधिकरण



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २४ घण्टाभित्र टिकटक बन्दको निर्णय कार्यान्वयन हुने जानकारी दिएको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेर सरकारको निर्णय अनुसार टिकटक बन्द गराउन निर्देशन दिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

दूरसञ्चार प्राधिकरणका अनुसार नेपालका सबै इन्टरनेट सेवाप्रदनयकसँगै टिकटक नेपालमा बन्द गर्ने निर्णय भएको जानकारी सहितको इमेल टिकटकलाइ पनि लेखेएको छ ।


क्लिकमान्डु