सरकारको प्रस्टीकरणः यसकारण बन्द गरियो टिकटक, नेपालसहित २७ देशमा प्रतिबन्ध



काठमाडौं । मध्य एशियाली मुलुक किर्गिस्तानले हिजो अगस्त ३० देखि बालवालिकाको कुलत र मानसिक स्वास्थ बिग्रेको कारण देखाउदै टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको रहेछ। यससँगै बाइटडान्स, अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्य लगायतका कारण देखाउदै टिकटकमा प्रतिवन्ध लगाएको बताएको छ । नेपालसँगै अब टिकटकमा प्रतिबन्ध लगाउने देशको संख्या २७ पुगेको छ। कुन देशमा  कहिले लाग्यो प्रतिबन्ध ?

१) बेलायत:- सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३

२) अमेरिका:- सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२

३) न्यूजिल्यान्ड:- जीसीएसबीको सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसँग आवद्वता प्रतिबन्ध सन् २०२३

४) क्यानडा:- गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध सन् २०२३

५) ताइवान:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२२

६) बेल्जियम:- गोपनियता, साइबर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउदै सन् २०२३

७) डेनमार्क:- साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली,निकायमा प्रयोग प्रतिबन्ध सन् २०२३

८) पाकिस्तान:- जातीय तथा धार्मिक द्वन्द्व फैलाउने सुरक्षा जोखिम देखाउदै सन् २०२०

९) अफगानस्तान:- युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित देखाउदै सन् २०२२ मा टिकटक र पब्जी प्रतिबन्ध ।

१०) भारत:- गोपनियता, सुरक्षा जोखिम र  टिकटकको बाइट डान्स टेक्नोलोली जोखिम देखाउदै टिकटक लगायत चिनियाँसहित अन्य एप प्रयोगमा प्रतिबन्ध सन् २०२०

११) सोमालिया:- गलत अफवाह फैलाउने जोखिम देखाउदै सिमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिबन्ध सन् २०२३

१२) अर्मेनिया:- विगत ३५ बर्षदेखि चलिरहेको नागोर्नो कारबाख  युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०

१३) अजरबैजान:- नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०

१४) बंगलादेश:- पोर्नोग्राफी,जुवाखेल र सुरक्षाको जोखिम देखाउदै सन् २०१८ र पब्जी फ्रि फायरमा प्रतिबन्ध सन् २०२१

१५) इन्डोनेसिया:- धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै प्रतिबन्ध सन् २०१८

१६) ईरान: धार्मिक कारण देखाउदै प्रतिबन्ध सन् २०२३

१७) जोर्डन:- प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिबन्ध सन् २०२२

१८) अष्ट्रिया:- अष्ट्रियाको इन्टेलिजेन्स सर्भिसको प्रतिवेदनमा सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध सन् २०२३

१९) ईस्टोनिया:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध सन् २०२३

२०) फ्रान्स:- डाटा सेक्युरीटीमा जोखिम देखाउदै टिकटक, ट्वीटर, इन्टाग्राम, नेटफ्लिक्क, क्याण्डिक्रसलगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाइने गरि प्रतिबन्ध सन् २०२३

२१) आयरल्यान्ड:- साईबर सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध सन् २०२३

२२) लाटभिया:- सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध सन् २०२३

२३) माल्टा:- साईबर सुरक्षा जोखिम देखाउदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिबन्ध सन् २०२३

२४) नेदरल्यान्ड :- डाटा प्रोटेक्सन जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध सन् २०२२

२५) नर्वे:- राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध सन् २०२३

२६) अष्ट्रेलिया:- सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री, सल्लाहकारले सरकारी डिभाईस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध सन् २०२३

२७) नेपाल:- सामाजिक सद्भाव बिगार्न खोजिएको भन्दे प्रतिबन्ध सन् २०२३


क्लिकमान्डु