प्रकृतिको अनुपम उपहार से फोक्सुन्डो (तस्बिरहरु)



काठमाडौं । डोल्पा जिल्लामा रहेको से फोक्सुन्डो ताल नेपालकै गहिरो तालको रुपमा मानिन्छ ।

से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा अवस्थित यो ताल समुद्री सतह भन्दा करिब ३९०० मिटरको उचाइमा छ । यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी र गहिराई ६५० मीटर छ । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ । फोक्सुन्डो तालबाट झरना निस्केको छ ।

से फोक्सुन्डो ताल समुन्द्री सतह बाट करिब ३,६२१ मिटरको उचाई र ५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

से फोक्सुन्डो ताल मौसम अनुसार परिवर्तन भइरहन्छ । विहान सुनौलो, दिउँसो गाडा निलो, साँझ रातो र बादल लागेको बेला तालको पानी कालो देखिन्छ ।

डोल्पा सदरमुकाम दुनै नजिकको सुलीगाडसम्म सवारी साधन पुग्छ । त्यहाँ जीप तथा मोटरसाइकल राखेर पैदल यात्रा सुरु गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय निकुञ्जमा ताल पुग्न १० घण्टाको समय उल्लेख गरिएको भए पनि ट्रेकिङमा जानेहरु तालमा पुग्न कम्तिमा पनि दुई दिन लाग्छ ।

से फोक्सुन्डोबाट निस्किएको पानी बग्ने से नदीको किनारै किनारको यात्रा निकै आनन्द तुल्याउने खालको हुनेछ ।

तस्बिरहरु: आभाष पाण्डे र लोकराज निउरे/ क्लिकमान्डु


क्लिकमान्डु