गुगलले एआईमा करोडौं डलर लगानी गर्ने



काठमाडौं । तीब्ररूपमा बढिरहेको कृत्रिम बौद्धिकता (एआई) च्याटबट स्टार्टअपले मोडेलहरूलाई तालिम दिन र प्रयोगकर्ताको माग पूरा गर्न पूँजी खोजिरहेका कारण अल्फावेट इन्क (गुगल)ले क्यारेक्टर डट एआईमा करोडौं डलर लगानी गर्न वार्ता गरिरहेको छ ।

गुगलका भूतपूर्व कर्मचारी नोआम शाजीर र ड्यानियल डे फ्रेइटासद्वारा स्थापित क्यारेक्टर डट एआईले मानिसहरूलाई आफ्नै च्याटबट र एआई सहायकद्वारा ख्यातीप्राप्त पात्रहरु बिली इलिश वा एनिमेको भर्चुअल संस्करणसँग कुराकानी गर्न सकिन्छ ।

यो प्रयोग गर्न निःशुल्क छ, तर यसले ९.९९ डलर प्रति महिनाको सदस्यताको अवसर पनि प्रदान गरेको छ । जसबाट प्रयोगकर्ताहरूले भर्चुअल नभइ च्याटबोट प्रयोग गर्न सक्छन् ।

सिमिलर वेभको तथ्यांकअनुसार वेभसाइट ट्राफिकको लगभग ६० प्रतिशत योगदान दिने १८ देखि २४ वर्षका प्रयोगकर्ताहरूलाई विभिन्न भूमिकाहरू र टोनहरू छनौट गर्न सकिने क्यारेक्टर डट एआईको च्याटबटहरूले अपील गरेको छ।

यो जनसांख्यिक फाइदाले कम्पनीलाई ओपन एआई च्याट जेपीटि तथा गुगल बार्ड च्याटबटहरूको तुलनामा थप रमाइलो व्यक्तिगत एआई प्रयोग गर्न अनि कम्पनीलाई स्थापित गर्न पनि मद्दत गरिरहेको छ ।

कम्पनीले यस अघि जानकारी दिए अनुसार यसको वेबसाइट सुरु भएको पहिलो छ महिनामा नै मासिक १० अर्ब नयाँ भिजिट भएको थियो ।

क्यारेक्टर डट एआईले भेन्चर क्यापिटलबाट इक्विटी जुटाउन छलफल गरिरहेको छ । जसका कारण कम्पनीको मूल्य ५ अर्बभन्दा बढी पुग्न सक्छ ।

मार्चमा, कम्पनीले एन्ड्रिसेन होरोविट्जको नेतृत्वमा १ अर्ब ५० करोड डलर उठाएको थियो ।

तर, गुगलसँग छलफल जारी छ र सम्झौताका सर्तहरू परिवर्तन पनि हुन सक्ने छलफलहरू निजी भएकाले नाम न छाप्न अनुरोध गर्दै स्रोतहरू भने । गुगलले एआई स्टार्टअपहरूमा लगानी गर्दै आएको छ ।

हाल प्रबिधीका ठूला क्लाउड सेवा प्रदायकहरूले एआई कम्पनीहरूसँग उनीहरूलाई मोडेल निर्माण गर्न र उपभोक्ताहरूलाई सेवा दिन विविध सम्झौताहरू गरिरहेका छन् ।

तर, यस्ता सम्झौतामा प्रतिस्पर्धी विरोधी व्यवहार भएको वा नभएको बारे जाँच हुन सक्ने देखिन्छ । युएस फेडरल ट्रेड कमिसनकी अध्यक्ष लीना खानले गत हप्ता सान फ्रान्सिस्कोमा भएको एक कार्यक्रममा उनको एजेन्सीले एआई स्टार्टअपहरूमा क्लाउड सेवा प्रदायकको लगानीलाई कुनै पनि प्रतिस्पर्धी विरोधी व्यवहार भएको वा नभएको बारे जाँच गर्न खोजिरहेको बताएकी थिइन् ।


क्लिकमान्डु