फूलले गुलजार काठमाडौं (तस्बिरहरु)



काठमाडौं । तिहार रंग र फूलहरुको पर्व हो । घर, कार्यालय र व्यवसायिक भवनलाई सजाउन र दाजु भाइ तथा दिदी बहिनीलाई लगाउन फूलको माला ठूलो परिमाणमा खपत हुने गरेको छ ।

लक्ष्मीपूजाका दिन घर, कार्यालय र पूजास्थललाई फूल र मालाले झकिझकाउ बनाउनका लागि फूलको व्यापक प्रयोग हुने गरेको छ ।

काठमाडौं उपत्यका सहित देशभरका मुख्य शहरीक्षेत्रको फुटपाथ फूल तथा माला व्यापारीले भरिएको छ । तिहारको लागि सयपत्री, मखमली र गोदावरीसहितका फूल बेच्नको लागि चोक चोकमा राखिएको छ ।

काठमाडौं महानगरपालिकामा भने सडक किनारमा बसेर फूलको माला बिक्री गर्नेलाई महानगर प्रहरी बलको सवारी साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामनसहित तोकिएको बिक्री स्थलमा पुर्‍‍याएको छ ।

तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानलाई तोकिएको बिक्री स्थलसम्म पुग्न कठिन भएकोले सवारी साधनबाट सहयोग गरेको जनाएको छ । यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ ।


रवि धिताल