धौलागिरी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । जसमा बोनस १४.२५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.७५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु