२००% हकप्रद सेयर निष्कासन गर्न लागेको घलेम्दी हाइड्रोपावरले वित्तीय अवस्था निराशाजनक
काठमाडौं । सर्वसाधारणलाई २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको घलेम्दी हाइड्रोपावरको वित्तीय अवस्था निराशाजनक देखिएको छ ।
कम्पनीले १:२ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँको १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी निष्कासन गर्न लागेको छ ।
१ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले आव २०८२/०८३ मा नाफा नकमाउने प्रक्षेपण गरेको छ । उक्त आवमा पनि कम्पनीले १ करोड ४७ लाख ५६ हजार रुपैयाँले नोक्सानमा हुने जनाएको छ ।
आव २०७९/२०८० मा ७ करोड ३५ लाख ८९ हजार घाटामा रहने कम्पनीले जनाएको छ । यस्तै आव २०८०/०८१ मा ३ करोड ७६ लाख ३४ हजार रुपैयाँ नाफा कमाउने, आव २०८१/०८२ मा ६ करोड ३२ लाख ७२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यी दुई आवमा नाफा कमाउने भएपनि आव २०८२/०८३ मा घाटामा जाने कम्पनीले प्रक्षेपण गरेको छ ।
कम्पनी घाटामा जाने मात्रै होइन प्रतिसेयर आम्दानी पनि घट्ने कम्पनीको प्रक्षेपण रहेको छ भने नेटवर्थ र प्रतिसेयर सय रुपैयाँ भन्दा कम हुने देखिएको छ ।
आव २०७९/८० मा ७६ रुपैयाँ रहेको छ भने आव २०८०/०८१ मा बढेर ९४ रुपैयाँ, आव २०८१/०८२ मा ९८ रुपैयाँ हुने प्रक्षेपण रहेको छ भने आव २०८२/०८३ मा घटेर ९७ रुपैयाँ हुने प्रक्षेपण रहेको छ ।
यस्तै प्रति सेयर आम्दानी आव २०७९/८० मा १३ रुपैयाँ ऋणत्मक रहेको कम्पनीको आव २०८०/०८१ मा २ रुपैयाँ, आव २०८१/०८२ मा ४ रुपैयाँ हुने र आव २०८२/०८३ मा भने १ रुपैयाँ ऋणात्मक हुने प्रक्षेपण गरेको छ ।