प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सागर डिस्टिलरी




काठमाडौं । सागर डिष्टिलरी कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले मंसिर १५ गतेका लागि पहिलो बार्षिक साधारणसभा बोलाएको छ । सभामा प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । सभाले पारित गरेपछि सेयर निष्कासन हुनेछ ।

प्रिमियममा सेयर निष्कासन गर्नका लागि कम्पनीको प्रबन्धपत्र संशोधन गर्न र आईपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने भएको छ ।

कम्पनीले सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने, आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव लैजाने भएको छ ।


क्लिकमान्डु