उन्नति सहकार्य लघुवित्तको एफपीओ निष्कासन, कहिलेसम्म मिल्छ भर्न ?



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गरेको हो ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गरेको जनाएको छ ।

एफपीओमा कात्तिक २४ सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा मंसिर ५ सम्म आवेदन दिन सकिनेछ । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु