आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश घोषणागरेसँगै बुक क्लोजको मिति तय गरेको छ ।

शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस ८.६० प्रतिशत रहेको छ । कम्पनीले कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले मंसिर १५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोेज गर्ने भएको छ । मंसिर ६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु