भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधारणका लागि २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको छ । यसअघि कम्पनीले स्थानीय बासिन्दाले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थपेर सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


क्लिकमान्डु