जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे छलफल गर्न विज्ञहरु काठमाडौंमा
काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालमा परेको असर न्यूनीकरण गर्ने विषयमा छलफल गर्न १८ भन्दा बढी देशका विज्ञहरु काठमाडौंमा भेला भएका छन् । युनियन अफ एसियन अल्पान एसोसिएसनको आयोजनामा मंगलबार एकदिने सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा हिमाललाई कसरी प्रवर्धन गर्ने, कसरी बचाउने र हिमालका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा छलफल र समाधानबारे सम्बोधन हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताए ।
उनले सम्मेलनमा चीनको सिटएमए, सिएमएलगायत अन्य १८ देशका प्रतिनिधिले सहभागिता जनाएको जानकारी गराए । सम्मेलनमा यूआइएका अध्यक्ष पनि सहभागी छन् । विभिन्न देशका प्रतिनिधिले सम्मेलनमा हिमालमा देखिएका समस्या र समाधानका उपायबारे चर्चा गर्नेछन् ।