एनसेलले बोलायो साधारणसभा, आईपीओ ल्याउने प्रस्ताव छैन



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर ७ गतेका लागि सभा बोलाएको छ ।

सभामा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव भने छैन । एनसेल आईकन, लैनचौरमा रहेको कर्पोरेट कार्यालयमा बस्ने सभामा कम्पनीको स्वतन्त्र सञ्चालकको नियुक्ति प्रस्ताव रहेको छ ।

यस्तै आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको आव २०८०/८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सभामा सञ्चालक समितिको सिफारिस बमोजिम आव २०७९/८० को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु