बुध्दले थप्यो १७ औं एटीआर जहाज, नियमित मर्मत सम्भारमा थप सघाउ पुग्ने



काठमाडौ । बुध्द एयरले १७ औं एटीआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटीआर–७२ हो ।

यसको कलसाइन नाएन एन-एओसी रहेको छ । यो सँगै एटीआर–७२ जहाजको संख्या १४ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ १ महिनाभित्र उडान भर्ने जारी विज्ञप्तिमा उल्लेख छ । बुध्द एयरसँग ३ वटा एटीआर–४२–३२० र १४ वटा एटीआर–७२–५०० जहाजहरु रहेका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको जनाएको छ । बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले ‘उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने’ जनाएका छन् । थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने बुध्द एयरले जनाएको छ ।

बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढि उडान भरिरहेको छ । त्यसैगरि अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।


क्लिकमान्डु