सुनको मूल्य ऐतिहासिक, प्रतितोला १ लाख १६ हजार कायम



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । दसैंपछि कारोबार सुरु हुँदा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।

दसैंअघि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दसैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएको हो । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४५० रूपैयाँ रहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । दसैंअघि चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँ रहेकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


क्लिकमान्डु