एमडिएमएसमा आवद्ध नभएका मोबाईलहरु १५ दिनपछि नचल्ने



काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा आवद्ध नभएका मोबाइल फोनहरु १५ दिनपछि नचल्ने भएका छन् ।

प्राधिकरणले शनिबार एमडिएसएस प्रणालीमा नेपालको दूरसञ्चार सेवा प्रदायकहरुको नेटवर्कमा आवद्ध भई दर्ता नभएका मोबाइलहरु १५ दिनपछि दर्ता नभएमा सेवा अवरुद्ध हुने जानकारी दिएको हो । प्राधिकरणले विधिपूर्वक १५ दिनभित्र प्रणालीमा दर्ता गराउन पनि आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, ‘यदि १५ दिनभित्र एमडिएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाईल ह्यान्डसेटहरुमा नियमानुसार मोबाईल दूरसञ्चार सेवा अवरुद्ध हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।


क्लिकमान्डु